बेष्ट फाइनान्सले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । फाइनान्सले आज (भदौ २३ गते) एक सूचना प्रकाशित गर्दै कर्मचारी मागेको हो ।
कम्पनीले डिपार्टमेन्ट हेड पदको लागि कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता विभिन्न विषय लिई स्नातक तह उत्तीर्ण मागेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी इमेलमार्फत आवेदन दिन सकिनेछ ।
