श्रृजनशील लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भइ सकेको छ । लघुवित्तले भदौ १५ गतेदेखि भदौ १९ गते सर्वसाधारणका लागि निष्कासन गरेको आइपीओ सोमबार बाँडफाँट सम्पन्न गरहेको हो ।
कम्पनीको आइपीओ करिब ३६ हजार भन्दा बढीले पाएका छन् । आइपीओ बाँडफाँट भएसँगै अब आफ्नो आइपीओ ओपनिङ्ग रेञ्ज कति होला भन्ने कुरा सबैको सोचाइ तथा चासोको विषय बन्नु स्वाभाविक नै हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कुनै पनि कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको ओपनिङ्ग रेञ्ज तोक्ने गर्ने गर्दछ । सो अनरुप श्रृजनशील लघुवित्तको पहिलो कारोबार नेप्सेले प्रतिशेयर न्यूनतम ३ सय २ रुपैयाँदेखि अधिकतम ९ सय ६ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।
संस्थाको आर्थिक वर्ष २०७७÷७८ को प्रतिसेयर नेटवर्थ ३ सय २ रूपैयाँ रहेको छ । गोलाप्रथाबाट वितरण गर्दा रितपूर्वक आवेदन दिने भाग्यमानी ३६ हजार ८५९ जनाले मात्रै कम्पनीको १० कित्ता सेयर पाएका हुन । कम्पनीले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो ।
३ लाख ९३ हजार ७५० कित्ता मध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्तासामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९० कित्ता सेयरमा मात्रै सर्वसाधारणलाई छुट्याएको थियो ।


















