बेष्ट फाइनान्सको १७औं शाखा वीरगंजमा « Arthapath.com
२९ भाद्र २०७९, बुधबार

बेष्ट फाइनान्सको १७औं शाखा वीरगंजमा



काठमाडौं । कमलादी काठमाडौंमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो १७औं शाखा संचालनमा ल्याएको छ । मधेश प्रदेशको पहिलो शाखाको रुपमा वीरगंजको घण्टाघर लिङ्करोडमा फाइनान्सले १७औं शाखा संचालनमा ल्याइ वित्तीय कारोवारको शुभारम्भ गरेको हो ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । शाखा उद्घाटन कार्यक्रममा वीरगंजका प्रतिष्ठित ब्यापारी,ब्यवसायी, उद्योगी लगायत सामाजका अगुवा तथा समाज सेवीहरुका ेउपस्थितिमा रहेको थियो ।

असोज भित्र १८औं शाखाको रुपमा सुनसरी जिल्लाको ईटहरीमा शाखा खोलिनुका साथै निकट भविष्यमा सुर्खेत र धनगढीमा समेत शाखा संजाल बिस्तार गरी देशको सातै प्रदेशमा आप्mनो शाखा संजाल पुर्याउने फाइनान्सले जनाएको छ । साथै, आउदा दिनहरुमा देशका बिभिन्न स्थानहरुमा आवश्यकता र माग बमोजिम शाखा खोल्दै लगिने संस्थाको लक्ष्य रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्