आशा लघुवित्तको ५१ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता कति ?

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आज (असोज ५ गते) बिक्री खुला गरेको छ । लघुवित्तले संस्थापक समूह तर्फको ५१ हजार ९९० कित्ता विक्रीमा ल्याएको हो ।
उक्त शेयरको न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
कम्पनीले योग्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी असोज १३ गतेसम्म यो शेयर विक्रीमा ल्याएको हो । बोलपत्र पेश गर्दा न्यूनतम ६ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र असोज १४ गते विहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा खोलिने छ ।