नेप्सेमा अभियान लघुवित्तको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । शुक्रबार अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।
अभियानको चुक्ता पुँजीका आधारमा कायम २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । अब अभियानको सेयर आइतबारदेखि दोस्रो बजार कारोबारका लागि खुला हुनेछ । नेप्सेले पहिलो कारोबारका ओपनिङ रेन्ज पनि तोकेको छ ।
जसअनुसार प्रतिकित्ता १०५ रुपैयाँ ३६ पैसादेखि ३१६ रुपैयाँ ८ पैसाभित्र रहेर अभियानको सेयर कारोबार खुला हुनेछ । ‘एभीवाइएएन’ संकेतबाट अभियानको कारोबार हुने नेप्सेले जानकारी गराएको छ ।
