इन्फिनिटी लघुवित्तको स्वतन्त्र संचालकमा महेश्वर प्रसाद जोशी नियुक्त

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा महेश्वर प्रसाद जोशीलाई नियुक्त गरेको छ ।
संस्थाको स्वतन्त्र संचालक प्रदिप नरसिंह रायमाझीको चार वर्षको पदावधि असोज ७ गते सकिएको छ । असोज ७ गते बसेको संचालक समितिको बैठकले जोशीलाई नियुक्त गर्ने निर्णय गरेको नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै कम्पनीले जनाएको छ ।
