नेप्सेमा एनसीसी र कुमारी बैंकको शेयर कारोबार रोक्का « Arthapath.com
११ आश्विन २०७९, मंगलवार

नेप्सेमा एनसीसी र कुमारी बैंकको शेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई बाणिज्य बैंकको शेयर कारोबार रोक्का भएको छ । मंगलबार मर्जरमा जाने सहमति गरेका एनसीसी बैंक र कुमारी बैंकको शेयर कारोबार नेप्सेले रोक्का गरेको हो ।

दुवै बैंकले सोमबार शेयर स्वाप रेसियो एक बराबर एकमा गाभिने सहमति भएका हुन । एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

मर्जपछि बैंकको नाम कुमारी बैंक रहने छ भने बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल (हाल एनसीसी बैंकका सीईओ) र बरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल रहेछन् ।

यी दुई बैंक एक आपसमा गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ हुनेछ । १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ रहेको छ । हाल कुमारी बेंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ रहेको छ। मर्जपछि बैंकको कुल पुजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ ।


प्रतिक्रिया दिनुहोस्