एनएमबि लघुवित्तको नायव कार्यकारी प्रमुखमा बिरु राम जैशी नियुक्त

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नायव कार्यकारी प्रमुख पदमा बिरु राम जैशीलाई नियुक्त गरेको छ ।
लघुवित्तले आज नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै रित्त रहेको नायव कार्यकारी प्रमुखमा जैशीलाई नियुक्त गरेको जनाएको छ । असोज २३ गतेबाट लागू हुने गरी जैशीलाई नायव कार्यकारी प्रमुखको पदमा नियुक्त गरेको हुन ।