यस्तो छ नबिल बैंकको भोलिदेखि लागू हुने नयाँ ब्याजदर, कुनमा कति ?

काठमाडौं । नबिल बैंकले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले भोलि अर्थात कात्तिक १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजददर सार्वजनिक गरेको हो ।
नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले असोज महिनकै ब्याजदरलाई निरन्तरता दिएको हो ।
बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३३ प्रतिशतदेखि अधिकतम १३.१३३ प्रतिशतसम्म तोकिएको छ । यसअघि असोजमा पनि सोही ब्याजदर कायम भएको थियो ।
बैंकले रेमिट्यान्स बचत खातामा १०.१३३ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १३.१३३ प्रतिशत ब्याज दिनेछ । बैंकको आधार दर ८.७७ प्रतिशत रहेको छ ।
यस्तो छ बैंकको नयाँ ब्याजदर:
