महालक्ष्मी विकास बैंकले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन « Arthapath.com
३१ आश्विन २०७९, सोमबार

महालक्ष्मी विकास बैंकले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने, बोर्डमा दियो आवेदन



काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा एक विकास बैंकले ऋणपत्र निष्कासनको अनुमति माग्दैं आवेदन दिएमने छ । महालक्ष्मी विकास बैंकले असोज २७ गते ऋणपत्र निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न छ । कम्पनीले आगमी १० वर्ष सम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नका लागि बोर्डमा आवेदन दिएको हो ।

कुल १० लाख कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र ६ लाख कित्ता ब्याक्तिगत तवरबाट विक्री गर्नेछ । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्