युनिक नेपाल र एनएमबि लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ? « Arthapath.com
१ कार्तिक २०७९, मंगलवार

युनिक नेपाल र एनएमबि लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?



काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । एक सूचना प्रकाशित गर्दै युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी मागेको हो ।

युनिक नेपाल लघुवित्त

लघुवित्तले सहायक अधिकृत प्रशिक्षार्थी, लेखा सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट ब्यवस्थापन संकायमा प्रमाणपत्र तह उत्तिर्ण तथा स्नातक तह उत्तिर्ण गरेको कर्मचारी मागेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी कात्तिक १७ गतेसम्म वित्तीय संस्थाको केन्द्रिय कार्यालय, शाखा कार्यालय र इमेल मार्फत आवेदन दिन सकिनेछ ।

एनएमबि लघुवित्त
लघुवित्तले बरिष्ठ प्रबन्धक/प्रबन्धक/सहायक प्रबन्धकमा १ जना, बरिष्ठ अधिकृत/अधिकृत/कनिष्ठ अधिकृतमा २ जना, ब्यवस्थापन प्रशिक्षार्थीमा ४ जना कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा अनुभवि कर्मचारी मागेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज ३१ गते) ले १५ दिन अर्थात कात्तिक १४ गतेसम्म कम्पनीको बेभसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्