प्रतिकित्ता ५०० रुपैयाँमा मिथिला लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूह तर्फको २ हजार २५४ कित्ता संस्थापक शेयर कात्तिक १ गतेदेखि लिलामी भएको हो ।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य तोकि बोलपत्र पेश गर्न सक्नेछन् ।
शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (कात्तिक १ गते) ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर, धनुषामा आईपुग्ने गरी निवेदन दिनुपर्नेछ ।
शेयर खरीदका लागि आवेदन पेश गर्दा न्यूनतम १० कित्ता लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जानकारी दिएको छ ।