लाभांश पारितका लागि सिटिजन्स बैंकको साधारण सभा आज बस्दैं « Arthapath.com
४ कार्तिक २०७९, शुक्रबार

लाभांश पारितका लागि सिटिजन्स बैंकको साधारण सभा आज बस्दैं



काठमाडौं । सिटिजन्स बैंकले वार्षिक साधारण सभा आज (कात्तिक ४ गते) बस्दैछ । सभा अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्नेछ ।

बैंकले गत आवमा वितरण योग्य मुनाफाबाट १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । सभामा बैंकले अन्य बैंकसँग मर्जरमा जान वा बैदेशिक साझेदारीमा जामनको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।

यस्तै, सभामा गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल एवं लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात र नाफानोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरण माथि छलफल हुनेछ ।

साधारणसभा प्रयोजनको लागि बैंकले असोज २८ गते बुकक्लोज गरेको हुदाँ असोज २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्