चालु खाता घाटा ३७ अर्ब १८ करोड पुग्यो, शोधनान्तर स्थिति कस्तो ? « Arthapath.com
४ कार्तिक २०७९, शुक्रबार

चालु खाता घाटा ३७ अर्ब १८ करोड पुग्यो, शोधनान्तर स्थिति कस्तो ?



काठमाडौं । आर्थिक वर्ष २०७९र ०८को दोस्रो भदौ महिनामा समीक्षा अवधिमा चालु खाता रु.३७ अर्ब १८ करोडले घाटामा रहेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्याङअनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१०६ अर्ब ८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ५९ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड १७ लाखले घाटामा रहेको हो ।


समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १६.९ प्रतिशतले वृद्धि भई रु.१ अर्ब ४६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ८० करोड ९७ लाखले ऋणात्मक रहेको छ ।


अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१ अर्ब २५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.३ अर्ब ४ करोड रहेको थियो । द्दछ। समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२३ अर्ब ६८ करोडले घाटामा रहेको छ ।


अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.९४ अर्ब ८० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८० करोड ९ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १८ करोड ५९ लाखले घाटामा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्