सिद्धार्थ बैंकको क्यासब्याक योजना सार्वजनिक « Arthapath.com
४ कार्तिक २०७९, शुक्रबार

सिद्धार्थ बैंकको क्यासब्याक योजना सार्वजनिक



काठमाडौं । सिद्धार्थ बैंकले तिहारको अवसर पारेर ४ सय क्यास ब्याक योजना ल्याएको छ । तिहार लक्षित योजनामा बैंकले डिजिटल बैंकिङ मार्फत किनमेलको भुक्तानी दिने ग्राहकलाई ४०० रुपैयाँसम्म क्यास ब्याक दिने बैंकले जनाएको हो ।

यस योजना अन्तर्गत बैंकले ग्राहकहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलोपटक ५ सय वा सो भन्दा बढी रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा ४ सय क्यास ब्याक पाउने बताएको छ ।

नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्न यस्तो योजना ल्याइएको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्