आइतबार राष्ट्र बैंकले ५ अर्ब ६० करोडको ट्रेजरी बोलकबोल गर्ने « Arthapath.com
४ कार्तिक २०७९, शुक्रबार

आइतबार राष्ट्र बैंकले ५ अर्ब ६० करोडको ट्रेजरी बोलकबोल गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आइतबार ५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।

तिहारअघि नै मौद्रिक उपकरण ट्रेजरी बिल परिचालन गरेर सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋणको स्रोत जुटाउनका लागि केन्द्रीय बैंकले ५ अर्ब ६० करोडको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।


कात्तिक १४ गते बिक्री गर्ने गरी बैंकले सो परिमाणको ट्रेजरी बोलकबोल गर्न लगेको हो । बैंकको सूचना अनुसार कात्तिक ६ गते आइतबार दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुनेछ ।

९१ दिने र ३६४ दिने गरी दुई किसिमको ट्रेजरी बिक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ३ अर्ब ६० करोड रुपैयाँ छुट्याएको छ भने ३६४ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याएको छ ।

यसअघि बैंकले असोज ३१ गते ४ किसिममा कुल १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्