अहिलेसम्म कति बाँड्यो त सानिमा बैंकले सेयरधनीलाई लाभांश ? यस्तो देखियो १३ वर्षे इतिहाँस

काठमाडौं । आइतबार सानिमा बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो ।
बैंकको कात्तिक ४ गते बसेको संचालक समितिको बैठकले यस वर्षका लागि १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद गरि कुल १०.९८ प्रतिशत लाभांश दिने भएको हो ।
बैंकले कुल १ अर्ब २४ करोड ३७ लाख ४६ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।
विगत १३ वर्षमा बैंकले दिएको लाभांश इतिहाँस हेर्ने हो भने बढी बोनसमा जोडदिएको देखिन्छ । बैंकले आर्थिक वर्ष २०६५/६६ मा ५ प्रतिशत बोनस र आव २०६६/६७ मा १० प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो । बैंकले आव २०६७/६८ र २०६८/६९ मा क्रमशः ७ प्रतिशत र ५.५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
यस्तै, आव २०६९/७० मा भने बैंकले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिएको थियो ।
हालसम्म बैंकले सबैभन्दा बढी लाभांश दुई आर्थिक वर्षमा वितरण गरेको छ । बैंकले आव २०७१/७२ मा २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद र आव २०७५/७६ मा पनि १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
बैंकले आव २०७०/७१ र आव २०७२/७३ मा १५/१५ प्रतिशत बोनस र ०.७९/०.७९ प्रतिशत नगद बाँडेको थियो ।
त्यसैगरि आव २०७३/७४ मा भने बैंकले १६ प्रतिशत बोनस सेयर मात्रै दिएको छ । यता, आव २०७६/७७ मा १७ प्रतिशत बोनस र ०.८९४७ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
यस्तो छ बैंकको लाभांश इतिहाँस
