जनसंख्या भन्दा डेढ करोड बढी बैंक खाता, एक तिहाई जनता अझै वित्तिय पहुँच विहीन « Arthapath.com
१३ कार्तिक २०७९, आईतवार

जनसंख्या भन्दा डेढ करोड बढी बैंक खाता, एक तिहाई जनता अझै वित्तिय पहुँच विहीन



काठमाडौं । नेपालमा जनसंख्या भन्दा बढी संख्यामा बैंक बचत खाता भएको देखिएको छ ।

२०७८ को जनगणनाअनुसार नेपालको जनसंख्या (प्रारम्भिक) २ करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । तर, बैंक खाता भने त्यो भन्दा बढी अर्थात् ४ करोड ५६ लाख ५ हजार ९९९ पुगेको छ ।

तथ्यांक अनुसार जनसंख्या भन्दा १ करोड ६४ लाख १३ हजार ५१९ बढी बैंक खाता देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो एक तथ्यांकले यस्तो देखाएको हो ।

यद्यपि, यसमा लघुवित्त तथा सहकारी संस्थाहरुमा भएको बचत खाता समावेश गरिएको छैन । क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थामा भएका बचत खाताको आधारमा उक्त तथ्यांक तयार गरिएको हो ।

तथ्यांक अनुसार बाणिज्य बैंक (क वर्गको) मा ३ करोड ९४ लाख १३ हजार २२६ बचत खाता छन् । यस्तै, विकास बैंक (ख वर्गको) मा ५५ लाख ३६ हजार ७९५ र वित्त कम्पनी (ग वर्गको) मा ६ लाख ५५ हजार ९७८ बचत खाता खोजेका छन् ।

तर, सबै जनतासँग छैन बैंक खाता

जनसंख्या भन्दा १ करोड ६४ लाख १३ हजार ५१९ बढी बैंक खाता देखिएपनि सबै जनतामा जनतामा वित्तिय पहुँच नपुगेको नेपाल राष्ट्र बैंककै बिभिन्न अध्ययनले देखाएको छ ।

राष्ट्र बैंकको पछिल्लो अध्ययनअनुसार ६७.३४ प्रतिशत जनताले बैंकमा खाता खोलेका छन् । त्योअनुसार ३२.६६ अर्थात् एक तिहाई जनता अझै बैंकको दायरा भन्दा बाहिर छन् । यो २०७८ सम्मको अध्ययनले देखाएको तथ्यांक हो । पछिल्लो १ बर्षमा यसको हिस्सा थप बढेको बैंकरहरु बताउछन् ।


प्रतिक्रिया दिनुहोस्