किसान लघुवित्तका स्वतन्त्र संचालक महेश बहादुर बस्नेतले दिए राजीनामा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक महेश बहादुर बस्नेतले राजीनामा दिएका छन् ।
लघुवित्तको कात्तिक १५ गते बसेको संचालक समितिको बैठकले बस्नेतले दिएको राजीनामा कात्तिक १५ गतेदेखि नै लागू हुने गरी राजीनामा स्वीकृत गरेको हो ।
