८ बैंकसहित ४ दर्जन कम्पनीको लाभांश: अधिकाशं बैंकको नगदमा जोड, कुनको कति ?

काठमाडौं । हाल गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले लाभांश खुवाइ रहेका छन् । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरु मध्य ४८ वटा कम्पनीहरुले लाभांश घोषणा गरी सकेका छन् । अहिलेसम्म लाभांश घोषणा गर्नेहरुमा ७ वटा वाणिज्य बैंक, ६ बीमा कम्पनी, ३ जलविद्युत कम्पनी, २४ वटा म्युचुअल फण्ड रहेका छन् ।
कम्पनीहरुले धमाधम गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरिरहेका छन् । लाभांश घोषणामा अधिकांश कम्पनीहरुले बोनस शेयर भन्दा नगद लाभांशमा जोड दिएको पाइन्छ ।
८ बैंकहरु
गत आवको मुनाफाबाट यसवर्षका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी), सानिमा बैंक, बैंक अफ काठमाण्डू, कुमारी बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ ।
अघिल्लो वर्षको तुलनामा कम्पनीहरू बोनस सेयरभन्दा नगद लाभांशमै केन्द्रित भएको देखिएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई १६.५१ प्रतिशत, सानिमा बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश, ग्लोबल आइएमई बैंकले ३ प्रतिशत बोनस र १०.६ प्रतिशत नगद लाभांश, बैंक अफ काठमाण्डूले ६ प्रतिशत बोनस र १४.९५ प्रतिशत नगद लाभांश, एनसीसी बैंकले ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद लाभांश दिएको छ ।
यस्तै, गत आवको मुनाफाबाट कुमारी बैंकले १२.५ प्रतिशत, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४.५२६३ प्रतिशत र सिटिजन्स बैंकले ९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
६ बीमा कम्पनी
हालसम्म ६ बीमा कम्पनीहरुले लाभांश घोषणा गरेको छ । अहिलेसम्म नेपाल लाइफ, गुराँस लाइफ, नेशनल लाइफ, एशियन लाइफ, प्राइम लाइफ र नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेका हुन ।
कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को नाफाबाट १५ प्रतिशत नगद र कर तिर्नका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने भएको छ । गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट बोनस ७.४४ प्रतिशत र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । नेसनल लाइफ इन्स्योरेन्सले बोनस १५ प्रतिशत र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
एशियन लाइफ इन्स्योरेन्सले बोनस १४.५० प्रतिशत र कर प्रयोजनका लागि ०.७६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ र प्राइम लाइफ इन्स्योरेन्सले बोनस १३ र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
साथै, नेपाल इन्स्योरेन्सले बोनस ८ र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सूर्या लाइफले यो वर्ष सेयरधनीलाई लाभांश नदिने भएको छ ।
६ वटै बीमा कम्पनीले गरेको लाभांश प्रस्ताव बीमा समितिले स्वीकृत गरेर आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।
जलविद्युत कम्पनी
हालसम्म रु रु जलविद्युत परियोजना, अरुण काबेली पावर कम्पनी र सानिमा माइ हाईड्रोपावरले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो ।
सानिमा माई हाइड्रोपावरले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट ५.२६ प्रतिशत नगद लाभांश, अरुण काबेली पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र रु रु जलविद्यु्त परियोजनाले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
२४ वटा म्युचुअल फण्ड
२४ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । एनआईसी एसिया क्यापिटलले ५५ प्रतिशत लाभांश, सनराइज क्यापिटल फण्ड अन्तर्गतको सनराइज फस्ट म्युचुअल फण्डले इकाईधनीलाई १२ प्रतिशत नगद लाभांश, सानिमा इक्विटी फण्डले इकाईधनीलाई २२ प्रतिशत लाभांश घोषणा गरेको छ ।
त्यस्तै, सानिमा क्यापिटलले १५.७८ प्रतिशत, लक्ष्मी इक्विटी फण्डले ५ प्रतिशत, लक्ष्मी उन्नति कोषले ५ प्रतिशत, एनएमबी हाईब्रिड फण्ड एल–१ ले २१.०५ प्रतिशत, एनएमबी–५० ले २१.०५, सिद्धार्थ इक्विटी फण्डले ९ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले १० प्रतिशत, कुमारी क्यापिटलले ५ प्रतिशत, एनआईबीएल प्रगति फण्डले ४.२ प्रतिशत र एनआईबीएल सहभागिता फण्डले ७.२ प्रतिशत, सिद्धार्थ क्यापिटलले २५ प्रतिशत लाभांश दिएको छ ।
साथै, आरबीबी मर्चेन्ट बैंकिङ ७.५ प्रतिशत, सिद्धार्थ सहभागीता फण्ड ७.२ प्रतिशत, बिओके क्यापिटल मार्केट ५.७९ प्रतिशत, एनएमबी क्यापिटल २१.०५ प्रतिशत, नबिल इक्विटी ५ प्रतिशत, नबिल ब्यालेन्स फण्ड–२ को ७ प्रतिशत, सनराइज क्यापिटल २५ प्रतिशत, एनआईबीएल एस क्यापिटल २० प्रतिशत, एनआईसी एशिया नाइनामिक डेफ्त फण्ड ६ प्रतिशत, एनआईसी एशिया ग्रोथ फण्ड १३ प्रतिशत र एनआईसी एशिया ब्यालेन्स फण्डले १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
अन्य कम्पनी
बोटलर्स नेपाल तराईले ६० प्रतिशत नगद र बालाजुले २० प्रतिशत नगद लाभांश , नेपाल ल्युब आयलले २५ प्रतिशत बोनस र ५ प्रतिशत नगदसहित ३० प्रतिशत लाभांश, हाथवे इन्भेष्टमेन्ट कम्पनीले १० प्रतिशत बोनस सेयर र सोल्टी होटलले बोनस ५ र २१.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट १ कित्ता सेयर बराबर १२ सय १५ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।