वाणिज्य बैंकहरुमा साढे ७४ अर्ब खराब कर्जा, कुन बैंकसंग कति खराब कर्जा ? (सूचीसहित)

काठमाडौं । वाणिज्य बैंकहरुको खराब कर्जा वृद्धि भएको छ । गत आर्थिक बर्ष २०७८/७९ मा केही मात्रामा नियन्त्रण भएको बैंकहरुको खराब कर्जा यो बर्ष भने बढ्न थालेको छ ।
चालु आव २०७९/८० को पहिलो त्रैमासमै २६ बाणिज्य बैंकको औसत खराव कर्जा बृद्धिदर ०.२७ प्रतिशतले विन्दुले बढेको देखिएको छ । गत आवको पहिलो त्रैमासमा १.१५ प्रतिशत, दोस्रो त्रैमासमा १.११ प्रतिशत, तेस्रो त्रैमासमा १.२३ प्रतिशत र चौथो त्रैमासमा १.१५ प्रतिशत खराब कर्जा थियो । तर, चालु आवको पहिलो त्रैमासमा त्यो बढेर १.७७ प्रतिशत पुगेको हो ।
वित्तीय विवरण रिर्पोट अनुसार वाणिज्य बैंकहरुले पहिलो त्रैमाससम्म ४२ खर्ब १८ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । त्यसको १.७७ प्रतिशत अर्थात् ७४ अर्ब ६६ करोड रुपैयाँ बराबर रकम खराब कर्जामा रहेको देखिन्छ ।
बिशेषगरि महंगी, आर्थिक संकट लगायतका कारण उद्योगी, व्यापारी तथा बैंकबाट कर्जा लानेहरु प्रभावित भएका छन् । ‘कोरोनामा महामारीमा दिइएको सुविधा पनि हटाइएको छ । यी यस्ता कारण पनि खराब कर्जा बढ्न थालेको छ’–एक बैंकर्सले भने ।
बैंकहरुले हालै सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तिय विवरणअनुसार सबैभन्दा बढी खराव कर्जा सनराइज बैंकको देखिएको छ । उक्त बैंकसँग २.९४ प्रतिशत खराब कर्जा रहेको छ । गत असारसम्म उक्त बैंकसँग १.४० प्रतिशत रहेको थियो । त्योअनुसार सनराइज बैंकको खराब कर्जा ३ महिनामै दोब्बर बढी भएको हो ।
सबैभन्दा कम खराब कर्जा भने एभरेष्ट बैंकसँग रहेको छ । उक्त बैंकसँग भने ०.३३ प्रतिशत मात्रै खराब कर्जा देखिएको छ । यद्यपि, एभरेष्ट बैंकको पनि खराब कर्जा बढेको देखिन्छ । गत आवको अन्तसम्म एभरेष्टसँग ०.२४ प्रतिशत मात्रै खराब कर्जा थियो ।
दोस्रो नम्बरमा भने नेपाल एसबीआई बैंक रहेको छ । उक्त बैंकसँग ०.३६ प्रतिशत खराब कर्जा छ । तेस्रो स्थानमा रहेको रहेको एनआईसी सँग ०.५९ प्रतिशत खराब कर्जा छ ।
चालु आवमा ५ बैंकको खराब कर्जा १ प्रतिशतभन्दा कम छ । तथ्यांकअनुसार चौथो स्थानमा रहेको स्टान्डर्ड चार्टडसँग ०.७७ प्रतिशत र सानिमासँग ०.९१ प्रतिशत खराव कर्जा छ ।
अन्य कुनको कति ?
