आशा लघुवित्तको शेयर आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज (कात्तिक २२ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले असोज २३ गतेदेखि ७ लाख ८९ हजार ९०० कित्ता संस्थापक समूहको शेयर लिलामीमा ल्याएको हो ।
उक्त शेयरको न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
यसमा लघुवित्तका संस्थापक सेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।