नेष्डो समृद्ध लघुवित्तको मुनाफा साढे ५ करोड माथि, चुक्तापूँजी २५ करोड पुग्दा अन्य सूचक कस्तो ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफामा सुधार देखिएको छ ।
चालु आर्थिक वर्षको असोजमसान्तसम्मको अवधिमा लघुवित्तको खुद नाफा ११.३० प्रतिशतले बढेर ५ करोड ६४ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ५ करोड ७ लाख २८ हजार रुपैयाँ आर्जन गरेको हो ।
यस अवधिमा लघुवित्तको लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफामा समेत सुधार आउँदा कम्पनीको मुनाफा बढेको हो । समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०.५३ प्रतिशतले बढेर ९ करोड ९८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधमिा लघुवित्तको खुद ब्याज आम्दानी ९ करोड २ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको थियो ।
त्यस्तै, गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको लघुवित्तको संचालन नाफा ८ करोड ५ लाख २० हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको संचालन नाफा ११.३० प्रतिशतले बढेर ८ करोड ९६ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ ।
समिक्षा अवधिमा लघुवित्तका चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँ, जगेडा कोष ३१.१० प्रतिशतले बढेर ६३ करोड ७ लाख रुपैया, सापटी १४.९९ प्रतिशतले बढेर ४० करोड ८३ लाख ३३ हजार रुपैयाँ, निक्षेप संकलन १०.९१ प्रतिशतले बढेर २ अर्ब ५५ करोड २५ लाख १४ हजार रुपैयाँ रहेको छ ।
नेष्डोको प्रतिसेयर आम्दानी आकर्षक देखिएको छ । पहिलो त्रैमासको अन्त्यसम्ममा प्रतिसेयर आम्दानी (वार्षिक) ८८ रुपैयाँ ५६ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ३४७ रुपैयाँ ३२ पैसा छ ।
संस्थाको खुद ब्याज आम्दानी १०.५३% र सञ्चालन नाफा ११.३०% ले बढेपछि खुद नाफामा पनि सुधार भएको हो । यसले खराब कर्जा पनि सुधार गरेको छ ।
असोज मसान्तसम्म आइपुग्दा नेष्डोको रिजर्भ कोष ३१.१०% ले बढेर ६३ करोड ७ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । नेष्डोको प्रतिसेयर आम्दानी आकर्षक देखिएको छ । पहिलो त्रैमासको अन्त्यसम्ममा प्रतिसेयर आम्दानी (वार्षिक) ८८ रुपैयाँ ५६ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ३४७ रुपैयाँ ३२ पैसा छ ।