उपकार लघुवित्तका अधिकांश सूचक उचालिए

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको मुनाफामा सुधार देखिएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा यसले ४२ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ३.८९ प्रतिशतले धेरै हो । गत वर्षको यही अवधिमा संस्थाले ४१ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १५.४९ प्रतिशतले बढेर ३ करोड ५५ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३ करोड ८ लाख ३ हजार रुपैयाँ रहेको थियो ।
असोज ससान्तसम्म सञ्चालन नाफा बढेर ५६ लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष उक्त नाफा ३ करोड ४३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ५६.२५ प्रतिशतले बढेर ६ करोड ५६ लाख २५ हजार रुपैयाँ, जगेडा कोष ३४.१३ प्रतिशतले बढेर १७ करोड ६२ लाख ३५ हजार रुपैयाँ, सापटी रकम ३.८० प्रतिशतले घटेर ८६ करोड ७४ लाख ८६ हजार रुपैयाँ र निक्षेप संकलन २६.७२ प्रतिशतले १ अर्ब ५ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ ।
्असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५५ पैसा कायम भएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ ३५८ रुपैयाँ ७० पैसा छ ।