गुराँस लघुवित्तको मुनाफा नोक्सानमा, अन्य सूचक कस्तो ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार लघुवित्तले ६० लाख २२ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने लघुवित्तले ३१ लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६३.४१ प्रतिशतले घटेर ५९ लाख २७ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १ करोड ६२ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी १६.९१ प्रतिशतले बढेर ९ करोड ७५ लाख रुपैयाँ, जगेडा कोष ३७.१३ प्रतिशतले घटेर २ करोड ६७ लाख रुपैयाँ, संचालन नाफा ६० लाख २२ हजार नोक्सानमा र निक्षेप संकलन ३६.९८ प्रतिशतले बढेर ३१ करोड १० लाख रुपैयाँ रहेको छ ।
नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि २४ रुपैयाँ ७१ पैसा नोक्सानमा छ । प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ४३ पैसा छ ।