आरम्भ चौतारी लघुवित्तको मुनाफामा पहिरो, प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

आरम्भ चौतारी लघुवित्तको मुनाफामा पहिरो, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा ओरो लागेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५५.०५ प्रतिशतले घटेर ६६ लाख ४० हजार रुपैयाँमा सीमित भएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा १ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, लघुवित्तको खुद ब्याज आम्दानी २६.३४ प्रतिशतले घटेर ६ करोड ७८ लाख ३० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको लघुवित्तको खुद ब्याज आम्दानी ९ करोड २० लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी २८.०३ प्रतिशतले बढेर ३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ, जगेडा कोष ३६.८० प्रतिशतले घटेर ११ करोड २५ लाख ७३ हजार रुपैयाँ , सापटी रकम ०.६४ प्रतिशतले घटेर ३ अर्ब १८ करोड ५० लाख ६६ हजार रुपैयाँ र निक्षेप संकलन १८.०४ प्रतिशतले बढेर १ अर्ब ६४ करोड ९३ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी गत वर्षको यसै अवधिमा भन्दा १३ रुपैयाँ ३७ पैसाले घटेर ७ रुपैयाँ २४ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ पनि घटेर १३० रुपैयाँ ६६ पैसामा सीमित भएको छ ।


प्रतिक्रिया दिनुहोस्