समृद्धि फाइनान्सको अतिवरित हकप्रद शेयर तेस्रो पटक लिलामीमा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले अतिवरित हकप्रद शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले ७ लाख ६७ हजार ३६६ कित्ता संस्थापक तर्फको हकप्रद शेयर मंसिर १ गतेदेखि १५ गतेसम्म लिलामीमा विक्री गर्न लागेको हो ।
उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
उक्त शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनी तथा अन्य कोहि व्यक्ति तथा संघ संस्थाहरूले आवेदन दिन सक्नेछन् । न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
कम्पनीले अवितरित हकप्रद शेयर तेस्रो पटक बिक्री खुला गरेको हो । पहिलो पटक २०७८ साल चैत २९ गतेदेखि २०७९ साल वैशाख ७ गतेसम्म र दोस्रो पटक २०७९ साल असार १ गतेदेखि असार ९ गतेसम्म लिलामीमा विक्री गरेको थियो ।