राप्ती हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने समय असार २४ गतेसम्म थपियो « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

राप्ती हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने समय असार २४ गतेसम्म थपियो



काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। अब लगानीकर्ताहरूले असार २४ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले कायम चुक्ता पूँजीको १०० प्रतिशत बराबरको हकप्रद शेयर निष्काशन गरेको हो। हाल कायम १ कित्ता शेयर बराबर १ कित्ता नयाँ शेयरको अनुपातमा निष्काशन गरिएको यस हकप्रद शेयरमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६१ लाख २७ हजार ९३८ कित्ता शेयर बिक्री खुला गरिएको हो, जसको कुल रकम ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ हुन्छ।

यसका लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरेको थियो। जेठ ५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई शेयरधनी कायम भएका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।

हकप्रद शेयर निष्काशनका लागि इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।


प्रतिक्रिया दिनुहोस्