संचालन नाफा र खुद ब्याज आम्दानी घट्दा युनिक नेपाल लघुवित्त नोक्सानमा « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

संचालन नाफा र खुद ब्याज आम्दानी घट्दा युनिक नेपाल लघुवित्त नोक्सानमा



काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको नोक्सान गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म लघुवित्त २२ लाख ७५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले ३ करोड २३ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफा ओरालो लाग्दा मुनाफा समेत प्रभावित बनेको हो । लघुवित्तको खुद ब्याज आम्दानी १६.६९ प्रतिशतले घटेर ५ करोड ८९ लाख ३८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७ करोड ७ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।

गत वर्ष ११ लाख २ हजार रुपैयाँ रहेको सचालन नाफा गरेको लघुवित्तले यो आर्थिक वर्ष २ करोड २७ लाख ४८ हजार रुपैयाँ नोक्सानीमा छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी १४.२७ प्रतिशतले बढेर ११ करोड ६ लाख ३२ हजार रुपैयाँ, जगेडा कोष १९.९३ प्रतिशतले घटेर २६ करोड १५ लाख ९५ हजार रुपैयाँ, सापटी रकम ५०.५५ प्रतिशतले बढेर ८७ करोड १ लाख ११ हजार रुपैयाँ र निक्षेप संकलन १२.४३ प्रतिशतले बढेर २ अर्ब ४२ करोड ८१ लाख २७ हजार रुपैयाँ रहेको छ ।

। यसअवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ १९ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ३६० रुपैयाँ ०९ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्