किन घट्यो आदर्श लघुवित्तको मुनाफा « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

किन घट्यो आदर्श लघुवित्तको मुनाफा



काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्त मुनाफा ओरालो लागेको छ ।

असोज मसान्तसम्मको अवधि लघुवित्तको खुद नाफा ३ लाख ४९ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्ष भन्दा ४७.८३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ६ लाख ६९ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफा घटेसँगै नाफा प्रभावित बनेको छ । लघवित्तको संचालन नाफा ४७ प्रतिशत घटेको छ ।
समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख, जगेडा कोष १ करोड २७ लाख सापटी रकम ११ करोड ५२ लाख, निक्षेप संकलन १४ करोड ९० लाख, कर्जा प्रवाह २८ करोड ९५ लाख छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १६१रुपैयाँ ६७ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्