एनएमबि लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले कात्तिक २६ गतेएक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
लघुवित्तले सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक, कनिष्ठ सहायक सूचना तथा प्रविधि विभागका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।जसका लागि शैक्षिक योग्यता प्लस टू उत्तीर्ण देखि स्नातक उत्तिर्ण गरी बैंक तथा वित्तीय संस्थामा अनुभवि हुनुपर्ने छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाशित भएको मिति (कात्तिक २६ गते) ले १५ दिन भित्र लघुवित्तकोे वेबसाइट https://nmbmicrofinance.com/career/ ÷ मार्फत आवेदन दिन सक्नेछन् ।
