निर्धन उत्थान लघुवित्तको मुनाफामा भारी गिरावट « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

निर्धन उत्थान लघुवित्तको मुनाफामा भारी गिरावट



काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणमा लघुवित्तको खुद नाफामा भारी गिरावट आएको छ ।

लघुवित्तको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ३ करोड २५ लाख ५० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ८३.८८ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको मुनाफा २० करोड १९ लाख ३७ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

असोज मसान्तसम्म आइपुग्दा लघुवित्तको संचालन नाफा र खुद ब्याज आम्दानीमा गिरावट आउँदा खुद नाफा समेत प्रभावित बनेको हो । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी पनि ६.९६ प्रतिशतले घटेर ४८ करोड ७६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५१ करोड ५९ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २८ करोड ८४ लाख ८२ हजार रुपैयाँ संचालन नाफा गरेको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा संचालन नाफा ८९३.८८ प्रतिशतले घटाएर ४ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी २ अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँ, जगेडा कोष १.१२ प्रतिशतले घटेर १ अर्ब ७८ करोड ६ लाख ४७ हजार रुपैयाँ, निक्षेप संकलन १.६४ प्रतिशतले बढेर १८ अर्ब ४८ करोड ९ लाख ९ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ७२ पैसाले घटेर ५ रुपैयाँ ९३ पैसामा सीमित भएको छ । हाल निर्धनको प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ १२ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्