एनएमबि लघुवित्त ८० लाख रुपैयाँ नोक्सानमा, कस्तो छ अन्य सूचक « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

एनएमबि लघुवित्त ८० लाख रुपैयाँ नोक्सानमा, कस्तो छ अन्य सूचक



काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तले ८० लाख १० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुपित्तले ३ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २२.५० प्रतिशतले बढेर ८ करोड ६४ लाख १६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११ करोड १५ लाख ९ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५ करोड १३ लाख ६८ हजार रुपैयाँ संचालन नाफा गरेको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा ८१ लाख ७७ हजार रुपैयाँ संचालन नोक्सान गरकेो छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ६५ करोड ५८ लाख ६३ हजार रुपैयाँ, जगेडा कोष ८.८८ प्रतिशतले घटेर ३६ करोड २२ लाख ७३ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्म आइपुग्दा एनएमबि लघुवित्त प्रतिसेयर ४ रुपैयाँ ८९ पैसा नोक्सानमा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ २४ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्