नेप्सेमा एक कम्पनीको ३० लाख कित्ता डिबेञ्चर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको डिबेञ्चर सूचीकृत भएको छ । सोमबार कुमारी बैंक लिमिटेडको ३० लाख कित्ता डिबेञ्चर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले १० वर्ष अवधि भएको ११ प्रतिशत केबिएल डिबेञ्चर २०८९ नामक ऋणपत्र सूचीकृत गराएको हो । कम्पनीको स्टक सिम्बोल केबिएल८९ रहेको छ ।
अब यो डिबेञ्चर मंगलवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।


















