८ बैंकले सिआस्वा दियो निशुल्क « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

८ बैंकले सिआस्वा दियो निशुल्क



काठमाडौं । थप ८ बैंकहरुले सिआस्वा शुल्क नलिने भएका छन् । एनएमबि बैंकले आईपीओ भर्दा आस्बा शुल्क नलाग्ने भएसँगै उक्त शुल्क नलिने बैंकहरु ८ पुगेका हुन ।

एनएमबि बैंकबाट निःशुल्क रुपमा आईपीओ भर्न सक्ने बताएको छ । सानिमा बैंक, नबिल बैंक,सिद्धार्थ बैंक,एनआईसी एशिया बैंक,राष्ट्रिय बाणिज्य बैंक, कुमारी बैंक र नेपाल बैंकले पनि सि – आस्बा शुल्क नि ः शुल्क गर्दै आएका थिए।

मनपरी शुल्क उठाउदैं आएका बैंकहरुलाई नेपाल धितोपत्र बोर्डले सि आस्बा शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने ब्यबस्था गरेको हो । ्भदौ ५ गते बसेको संचालक समितिको बैठकले आइपीओ भर्दा बैंक तथा वित्तीय संस्थाले लिने शुल्क घटाएर अधिकतम ५ रुपैयाँमा सीमित गर्ने निर्णय बोर्डले गरेको थियो ।
हाल अन्य बैंकहरुले अधिकतम ५ रुपैयाँ सिआस्वा शुल्क उठाउदै छन् भने ८ बैंकहरुले निशुल्क दिदैं आइरहेका छन्


प्रतिक्रिया दिनुहोस्