महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट



महालक्ष्मी विकास बैंकले रेष्टुरेन्ट, आयुर्वेद, श्रृगार, स्वास्थ्य लगायतका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंका विभिन्न स्थानमा अवस्थित संस्थाहरु सँग सहमति गरेको छ ।


सहमति पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट पाउन सक्नेछन् । बैंकका ग्राहकहरुले The Himalayan Grill By Bajeko का सम्पूर्ण सेवामा १५ प्रतिशत , Kundalini Ayurveda का सेवाहरुमा अधिकतम २० प्रतिशत , Tsubaki Beauty Saloon & Enterprises Pvt. Ltd का सेवाहरुमा १० प्रतिशत ,Opulence Aesthetics Pvt. Ltd. का सेवाहरुमा १० प्रतिशत र Crystal Diagnostic Pvt. Ltd. का सेवाहरुमा अधिकतम २५ प्रतिशत को छुट पाउन सक्नेछन् ।


यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्