नेपाल बैंकद्धारा ८६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बैंक लिमिटेले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकको प्रधान कार्यालय धर्मपथ काठमाण्डौमा रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रमको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले उद्घाटन गरेकी थिइन् । कार्यक्रमको समापन बैैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले गरेका थिए । उक्त रक्तदान कार्यक्रममा बैंकमा कार्यरत कर्मचारी, ग्राहक, सर्वसाधारण गरी १०५ जनाले रक्तदान गरेका थिए ।
नेपाल बैंक लिमिटेड कार्तिक ३० गतेदेखि ८६ औं बर्षमा प्रवेश गर्दैछ ।














