प्रभु क्यापिटलका ग्राहकलाई क्रिस्टल डाईग्नोस्टिकमा विशेष छूट
काठमाडौं । प्रभु क्यापिटल तथा क्रिस्टल डाईग्नोस्टिक बीच प्रभु क्यापिटलका ग्राहकको लागि विशेष छूट सहमति भएको छ । आज (मंगलबार) दुबै पक्षबीच सहमतिपत्रमा हस्ताक्षर गरी सो सहमति भएको हो ।
सम्झौता अनुसार उक्त सहमति पश्चात क्यापिटलका सबै ग्राहकहरुले ल्याबको सम्पूर्ण सेवा सुविधामा २० प्रतिशत छूट पाउनेछन् भने outsourcing गरेको टेस्टमा ल्याबबाट १० प्रतिशत छूट पाउनेछन् ।
यो अफरबाट लाभ लिन सहमति आफ्नो प्रभु क्यापिटलको APP download गरी डिम्याट खाता लिङ्क गरेको देखाउनुपर्नेछ । सो सहमतिमा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा जस्तै स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिहरूमा समेत ल्याबले सहयोग गर्ने क्यापिटलले जनाएको छ ।
काठमाडौंको सिनामंगलमा अवस्थित क्रिस्टल डाईग्नोस्टिक नेशनल प्बलिक हेल्थ ल्याबोरेटरीबाट मान्यता प्राप्त आधुनिक प्रविधि र विभिन्न सेवाहरू सहितको एक अत्याधुनिक प्याथलोजिकल ल्याब हो ।नेपाली पूँजी बजारमा Video KYC मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ ।
एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ डाउनलोड गर्नुहोस् ।














