समृद्धि फाइनान्सको साढे ७ लाख कित्ता शेयर लिलामीमा बिक्री खुला « Arthapath.com
१ मंसिर २०७९, बिहीबार

समृद्धि फाइनान्सको साढे ७ लाख कित्ता शेयर लिलामीमा बिक्री खुला



काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले आज (मंसिर १ गते) देखि लिलामीमा शेयर बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक समूह तर्फको ७ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मंसिर १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको बिक्री प्रबन्धकको काम बीओके क्यापिटलले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्