फरवार्ड माइक्रोफाइनान्सको मुनाफा ३ करोड, यस्तो छ अन्य सूचक « Arthapath.com
१ मंसिर २०७९, बिहीबार

फरवार्ड माइक्रोफाइनान्सको मुनाफा ३ करोड, यस्तो छ अन्य सूचक



काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा ६३.८० प्रतिशतले घटेर ३ करोड ३ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ । गत अर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ८ करोड ३९ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

असोज मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २४.२० प्रतिशतले बढेर २० करोड ६६ लाख ३१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २७ करोड २५ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीले ४ करोड ८५ लाख ६० हजार रुपैयाँ संचालन नोक्सानमा रहेको छ । गत वर्ष १३ करोड १८ लाख ८० हजार रुपैयाँ आर्जन गरेको थियो ।

चुक्तापूँजी ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ, जगेडा कोष ४०.३५ प्रतिशतले बढेर १ अर्ब ८९ करोड २१ लाख ५५ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ ३२४ रुपैयाँ ०७ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्