एकदिनमै १३ अर्बले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप: कर्जा प्रवाह स्थिर, सीडी रेसियो कति ? « Arthapath.com
२ मंसिर २०७९, शुक्रबार

एकदिनमै १३ अर्बले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप: कर्जा प्रवाह स्थिर, सीडी रेसियो कति ?



काठमाडौं । बैंक तथा वित्तीय संस्था निक्षेप संकलन वृद्धि भएको छ। एक दिनमै बैक तथा वित्तीय संस्थामा १६ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको हो ।

गत मंगलबार ५१ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तर, बुधवार कात्तिक मसान्तसम्म आईपुग्दा भने बढेर ५१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ ।

सो अवधिमा कर्जा प्रवाह भने १ अर्बले मात्र वृद्धि भई ४७ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ । मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरुले ४७ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

उक्त अवधिमा वाणिज्य बैंकहरुमा पनि निक्षेप बढेको छ । बुधवारसम्म वाणिज्य बैंकहरुमा १३ अर्ब रुपैयाँले वृद्धि भई ४५ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । मंगलबारसम्म भने बैंकहरुमा ४५ खर्ब ४८ अर्ब निक्षेप संकलन भएको थियो ।

वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने स्थिर देखिएको छ । मंगलबार अर्थात कात्तिक २९ गते ४२ खर्ब १३ अर्ब रहेको कर्जा प्रवाह बुधवार पनि सोही कायम भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सीडी रेसीयो ८७.०९ प्रतिशतबाट घटेर ८६.८५ प्रतिशतमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस्