ग्लोबल आइएमई बैंकले ५ अर्ब ऋणपत्र निष्कासन गर्न, बोर्डमा दियो आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा एक बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै आवेदन दिएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले कात्तिक २० गते ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि आवेदन दिएको हो । कम्पनीले आगामी ५ वर्ष सम्मका लागि वार्षिक ११ दशमलव २५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने भएको हो ।
विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।