वाणिज्य बैंकहरुको निक्षेप १ अर्बले वृद्धिः कर्जा प्रवाह भने घट्यो, सीडी रेसियो कति ? « Arthapath.com
९ मंसिर २०७९, शुक्रबार

वाणिज्य बैंकहरुको निक्षेप १ अर्बले वृद्धिः कर्जा प्रवाह भने घट्यो, सीडी रेसियो कति ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप एक दिनमा १ अर्ब रुपैयाँ वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार एक दिनमै निक्षेप बढेर ५१ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । यो मंसिर ६ गतेदेखि ७ गतेसम्मको तथ्याङ्क हो । मंसिर ६ गते मंगलवार ५१ खर्ब ८४ अर्ब रहेको बैंक तथा वित्तीय संस्थाको निक्षेप एक दिनमा बढेर ५१ खर्ब ८५ अर्ब पुगेको हो ।

उक्त अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि १ अर्बले वृद्धि भई ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । मंसिर ६ गते ४५ अर्ब ६२ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप ७ गतेसम्म आईपुग्दा भने ४५ खर्ब ६३ अर्ब कायम भएको हो ।

उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह भने स्थिर रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । मंसिर ६ गते ४७ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ७ गते भने स्थिर देखिएको हो ।

सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाहमा भने गिरावट देखिएको छ । मंसिर ६ गते मंगलवार ४२ खर्ब १४ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकले ७ गतेसम्म भने १ अर्ब रुपैयाँ घटेको हो । योसंगै उक्त अवधिमा बैंकहरुको कर्जा प्रवाह घटेर ४२ खर्ब १३ अर्ब रुपैयाँ कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार सीडी रेसियो भने झिनो घटेर ८६.८१ प्रतिशत कायम भएको छ । मंसिर ६ गते यो रेसियो ८६.८४ प्रतिशत रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्