शेयर खरिद गर्ने हो ! नबिल बैंकले ल्यायो १ लाख कित्ता बिक्रीमा « Arthapath.com
११ मंसिर २०७९, आईतवार

शेयर खरिद गर्ने हो ! नबिल बैंकले ल्यायो १ लाख कित्ता बिक्रीमा



काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थावक शेयरधनीहरुले आफ्नो नाममा भएको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति –कात्तिक ११ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय तिनधारा विणामार्ग काठमाडौं स्थित कम्पनीको सचिव कार्यालयमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापकहरुबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्