निर्वाचनपछि बैंकिङ्ग प्रणालीमा भित्रन थाल्यो निक्षेप : एक सातामा ३ खर्बले वृद्धि, कर्जा प्रवाहमा पनि सुधार « Arthapath.com
११ मंसिर २०७९, आईतवार

निर्वाचनपछि बैंकिङ्ग प्रणालीमा भित्रन थाल्यो निक्षेप : एक सातामा ३ खर्बले वृद्धि, कर्जा प्रवाहमा पनि सुधार



काठमाडौं । बैंकिङ्ग प्रणालीमा निक्षेप थपिएको छ । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा निक्षेप ३ अर्ब ७० करोडले वृद्धि भएको हो ।

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि प्रयोगका लागि बाहिरिएको पैसा विस्तारै बैंकिङ्ग प्रणालीमा आउन थालेको हो ।

नेपाल बैंकर्स संघका अनुसार मंसिर ९ गतेसम्म वाणिज्य बैंकहरुमा निक्षेप बढेर ४५ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको हो । यसअघि अर्थात मंसिर २ गतेसम्म भने बैंकहरुमा ४५ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप भित्रिएको थियो ।

सो अवधिमा बाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि वृद्धि भएको छ । मंसिर ९ गतेसम्म बैंकहरुको कर्जा प्रवाह २ अर्ब १९ करोड रुपैयाँ वृद्धि भएको हो । योसंगै उक्त अवधिमा बैंकहरुले ४२ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकर्स संघका अनुसार यसअघि (मंसिर २ गतेसम्म) भने ४२ खर्ब १९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

उक्त अवधिमा बैंकहरुको सीडी रेसियो ८६.८६ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्