लाभांश घोषणा गर्ने तयारीमा १५ वाणिज्य बैंक : कुन–कुन बैंकले बनाउँदैछन् सेयरधनीलाई मख्ख ? « Arthapath.com
११ मंसिर २०७९, आईतवार

लाभांश घोषणा गर्ने तयारीमा १५ वाणिज्य बैंक : कुन–कुन बैंकले बनाउँदैछन् सेयरधनीलाई मख्ख ?



काठमाडौं । बैंक तथा वित्तीय कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् ।

संचालनमा रहेका २६ वटा वाणिज्य बैंकमध्ये हाल ११ वटा बैंकहरुले आफ्न सेयरधनीहरुलाई लाभांश वितरणको घोषणा गरेका हुन् । यी बाहेकका अन्य १५ वटा वाणिज्य बैंकहरुले लाभांश घोषणाको तयारीमा रहेका छन् ।

हालसम्म सिटिजन बैंक, कुमारी बैंक, सानिमा बैंक, नेपाल क्रेडिट एण्ड कर्मश (एनसीसी) बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट, प्रभु र मेगा बैंकले लाभांश घोषणा गरेका छन् ।

जसमध्ये सिटिजन्स बैंक, एनसीसी र कुमारी बैंकले साधारण सभा सम्पन्न गरेर लाभांश वितरणको प्रस्ताव पनि पारित गरिसकेका छन् । यी तीनै वटा बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई क्रमशः ९ प्रतिशत, ११ र १२.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेका थिए ।

यस्तै, गत आवको मुनाफाबाट सानिमा बैंकले १०.९८ प्रतिशत (१० प्रतिशत बोनस र ०.९८ नगद ), ग्लोबल आइएमई बैंकले ३ प्रतिशत बोनस र १०.६० प्रतिशत नगद गरि कुल १३.६० प्रतिशत, बैंक अफ काठमाण्डूले ६ प्रतिशत बोनस र १४.९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

त्यसैगरि गत आवको मुनाफाबाट स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत नगद लाभांश मात्रै, नेपाल इन्भेष्टमेन्ट बैंकले ४ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश, एभरेष्ट बैंकले १३ प्रतिशत बोनस र ७.६८ प्रतिशत नगद गरि कुल २०.६८ प्रतिशत, प्रभु बैंकले ८ प्रतिशत (६.५ प्रतिशत बोनस र १.५० प्रतिशत नगद) र मेगा बैंकले भने ४ प्रतिशत बोनस र ३.८३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका छन् ।

घोषणा गर्न बाँकी १५ बैंकले कति देला त लाभांश ?

गत आवको मुनाफबाट १५ वटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्न बाँकी छ । यी बैंकहरुले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गर्ने तयारी रहेका छन् ।

आज हामीले गत आवको चौंथो त्रैमासिक वित्तीय विवरणका आधारमा यसव वर्ष कुन बैंकले कति लाभांश दिन सक्छन् भनेर तथ्याङ्क केलाउने प्रयास गरेका छौं । यद्यपि, कुनै पनि कम्पनीहरूले आफ्नो नाफाको एक भाग लाभांशको रूपमा आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने गर्दछन् । बाँकी भागलाई व्यवसायमा पुनः लगानी गर्नका लागि राख्छन ।

केहि बैंकले धेरै लाभांश दिने क्षमता हुँदाहुँदै पनि सेयरधनीलाई कम मात्र लाभांश दिने गरेका छन् । बाँकी आफैले व्यवसाय विस्तारमा केन्द्रित हुने गर्दछन् । तर, केही बैंकले भने लाभांश क्षमताको अधिकतम बिन्दुमा पुगेर पनि वितरण गरेको पाइन्छ ।

नबिल बैंक

नबिल बैंक पनि लगानीकर्ताको रोजाईमा पर्ने बैंक हो । बैंक लगानीकर्ताका लागि आकर्षक लाभांश वितरण गर्दै आएको छ । बैंकले यस वर्ष आफ्ना सेयरधनीलाई उच्च प्रतिफल वितरण गर्ने देखिएको छ । बैंकको गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार यस वर्ष ३९.९४ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ । बैंकको गत वर्षको चौंथो त्रैमासमा वितरण योग्य मुनाफा ९ अर्ब १२ करोड १ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख ९ हजार रुपैयाँ रहेको छ । जसका आधारमा बैंकले सो लाभांश दिन सक्ने क्षमता राख्दछ ।

एनआईसी एशिया बैंक

गत आवको मुनाफाबाट एनआईसी एशिया बैंकले आफ्ना सेयरधनीहरुलाई ३३.२६ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले उक्त लाभांश दिन सक्नेछ । गत आवको चौथो त्रैमसिक वित्तीय विवरण अनुसार बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ छ भने बैंकको वितरण योग्य नाफा २ अर्ब २४ करोड ६४ लाख ३८ हजार रुपैयाँ रहेका छ । यसका आधारमा बैंकले यस वर्षका लागि आफ्ना सेयरधनीहरुलाई अधिकतम ३३.२६ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले यस वर्ष आफ्ना सेयरधनीहरुलाई २९.६३ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । गत वर्षको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको चुक्ता पुँजी १३ अर्ब १८ करोड ७९ लाख १५ हजार रुपैयाँ रहेको छ । यता, बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ९० करोड ६९ लाख ९० हजार रुपैयाँ रहेको छ । यसका आधारमा नै बैंकले सो लाभांश दिन सक्ने क्षमता राख्दछ ।

नेपाल बैंक

गत आवको मुनाफाबाट नेपाल बैंकले भने २४.७४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ । बैंकको गत आवको चौंथो वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवको सो अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार रुपैयाँ, वितरण योग्य नाफा पनि १ अर्ब ५४ करोड ६६ लाख ८४ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजी र वितरण योग्य नाफाका आधारमा बैंकले यस वर्ष आफ्ना सेयरधनीहरुलाई २४.७४ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ ।

हिमालयन बैंक

हिमालयन बैंकले भने यस वर्षका लागि २०.६२ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ र वितरण योग्य नाफा २ अर्ब ६६ करोड १५ लाख ९२ हजार रुपैयाँ रहेको छ । यसका आधारमा भने बैंकले सो लाभांश दिन सक्ने देखिएको हो ।

राष्ट्रिय वाणिज्य बैंक

गत आवको मुनाफाबाट राष्ट्रिय वाणिज्य बैंकको भने २०.३० प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । बैंकको चुक्ता पुँजी र वितरण योग्य नाफाको आधारमा उक्त लाभांश दिन सक्ने क्षमता देखिएको हो । गत आव चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको चुक्ता पुँजी १४ अर्ब ९४ करोड ३ लाख ५९ हजार रुपैयाँ र वितरण योग्य नाफा भने ३ अर्ब ३ करोड २३ लाख ७३ हजार रुपैयाँ रहेको छ । जसका आधारमा बैंकले सो लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकको लाभांश क्षमता १६.८२ प्रतिशत रहेको छ । गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको चुक्ता पूँजी र विवरण योग्य नाफाको आधारमा उक्त लाभांश दिन सक्ने क्षमता देखिएको हो । बैंकको चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ र वितरणयोग्य नाफा २ अर्ब १० करोड ६८ लाख १० हजार रुपैयाँ रहेको छ ।

नेपाल एसबिआई बैंक

गत आवको मुनाफाबाट नेपाल एसबिआई बैंक १४.७४ प्रतिशत लाभांश वितरण गर्न सक्नेछ । बैंकको गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार चुक्ता पुँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार रुपैयाँ र वितरण योग्य नाफा १ अर्ब ४४ करोड ८८ लाख ५ हजार रुपैयाँ रहेको छ । यसका आधारमा बैंकले १४.७४ प्रतिशत लाभांश वितरणको क्षमता राख्दछ ।

एनएमबि बैंक

अब्बल मानिने एनएमबि बैंकले गत आवके मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १३.०३ प्रतिशत लाभांश वितरण गर्न सक्नेछ ।
गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार यस वर्षको लागि बैंकले सो लाभांश दिन सक्ने क्षमता राख्दछ ।

वित्तीय विवरण अनुसार गत आवमा बैंकको चुक्तापूँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ र वितरण योग्य नाफा २ अर्ब ३९ करोड २४ लाख १० हजार रुपैयाँ रहेको छ । यसकै आधारमा बैंकले उक्त लाभांश वितरण गर्न सक्नेछ ।

माछापुछे« बैंक

माछापुछे« बैंकले १२.९५ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ । गत आवको चौथो त्रैमासिक वित्तीय रिर्पोटका आधारमा बैंकले यस वर्षका लागि सो लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ । गत आवको चौंथो त्रैमासमा बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार र वितरण योग्य नाफा १ अर्ब ३२ करोड ८४ लाख ५ हजार रुपैयाँ रहेको छ ।

प्राइम कर्मसियल बैक

प्राइम कर्मसियल बैकले यस वर्षका लागि आफ्ना सेयरधनीहरुलाई १२.५८ प्रतिशत लाभांश दिन सक्ने छ । गत आवको चौंथो त्रैमासिक वित्तीय रिर्पोटका आधारमा सो लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ । गत आवमा बैंकको चुक्ता पूँजी १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार रुपैयाँ र वितरण योग्य नाफा २ अर्ब ३४ करोड ६४ लाख ४ हजार रुपैयाँ रहेको छ ।

सिभिल बैंक

यस वर्षका लागि सिभिल बैंक ११.०९ प्रतिशत लाभांश दिन सक्नेछ । गत आवको चौंथो त्रैमासिक वित्तीय विवरणका आधारमा बैंकले आफ्ना सेयरधनीलाई उक्त लाभांश दिन सक्ने क्षमता राख्दछ । गत आवको वित्तीय रिर्पोट अनुसार बैंकको चुक्तापूँजी ९ अर्ब ७ करोड ५८ लाख ४४ हजार रुपैयाँ र वितरण योग्य नाफा १ अर्ब ६३ लाख ९ हजार रुपैयाँ रहेको छ । सोहि आधारमा बैंकले शेयरधनीहरुलाई ११.०९ प्रतिशत लाभांश दिन सक्छ ।

लक्ष्मी बैंक

यस वर्ष लक्ष्मी बैंकले १०.८७ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ । गत आवको मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई सो लाभांश वितरण गर्न सक्नेछ । किनकी गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ र वितरण योग्य नाफा १ अर्ब २५ करोड ५२ लाख १ हजार रुपैयाँ रहेको छ । यसकै आधारमा बैंकले सो लाभांश दिन सक्नेछ ।

सेन्चुरी बैंक

प्रभु बैंकसंग मर्जर सम्झौता गरेको सेन्चुरी बैंकले आफ्ना शेयरधनीहरुलाई ९.५४ प्रतिशत लाभांश दिने क्षमता राख्दछ । बैंकको गत आवको चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय रिर्पोट अनुसार बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रुपैयाँ र वितरण योग्य नाफा ९१ करोड १८ लाख ५४ हजार रुपैयाँ रहेको छ ।

सनराइज बैंक

यता सनराइज बैंकले भने २.५३ प्रतिशत लाभांश दिने क्षमता राख्दछ । बैंकको लाभांश दिने क्षमता वाणिज्य बैंकहरु मध्य कैं सबै भन्दा कम हो । बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ र वितरण योग्य नाफा २५ करोड ६१ लाख १६ हजार रुपैयाँ रहेको छ । यसका आधारमा बैंकले सो लाभांश दिन सक्नेछ ।


प्रतिक्रिया दिनुहोस्