छुट्नु होला है ! एभरेष्ट बैंकको बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अर्थात मंसिर १२ गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश प्रयोजनका लागि मंसिर १३ गते बुक क्लोज गर्ने भएकाले मंसिर १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हो ।
प्रस्तावित लाभांश पारितका लागि बैंकले साधारण सभा लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा मंसिर २६ गते बिहान ११ बजे बस्नेछ । सभाले अधिकृत पुँजी १० अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव रहेको छ । बैंकले हालै साधारण सेयरमा परिणत गरेको ७ प्रतिशत अग्राधिकार सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेको छ ।














