५ वर्ष पुरानो लाभांश लिन सिटिजन्स बैंकको आग्रह

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०७३।०७४ कोे नगद लाभांश लिन आग्रह गरेको हो ।
साधारण सभाले पारित गरेको ५ वर्षसम्म पनि शेयरधनीले नगद लाभांश लिन नआएमा उक्त लाभांश लिन लगानीकर्ता आव्हान गरेको हो । लाभांश लिन सूचना जारी गरेको मितिले ३५ दिन अर्थात् पुस १७ गते सम्म शेयर रजिष्ट्रार सिबिआईएल यापिटल लिमिटेड बाटुलेघरमा सम्पर्क गरी लिन सक्नेछन् ।
तोकिएको अवधिमा पनि शेयरधनीले लाभांश लिन नआएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जानकारी दिएको छ ।