एभरेष्ट बैंकको सेयर मूल्य समयोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एभरेष्ट बैंकको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बैंकको १३ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।
समायोजनपछि प्रतिकित्ता ४७७ रुपैयाँ ७९ पैसा तोकेको छ । नेप्सेले बैंकको सोमबार भएको अन्तिम कारोबार मूल्य ५३९ रुपैयाँ ९० पैसाको आधारमा समयोजन गरेको हो ।