नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको अन्तिम मर्जर सम्झौता स्वीकृत, एकीकृत कारोबार कहिले ? « Arthapath.com
१३ मंसिर २०७९, मंगलवार

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको अन्तिम मर्जर सम्झौता स्वीकृत, एकीकृत कारोबार कहिले ?



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच भएको मर्जर प्रक्रियाको अन्तिम सम्झौता स्वीकत भएको छ ।

यी दुवै बैंकको मंसिर १३ गते मंगलबार बसेको संचालक समितिको बैठकले एक आपसमा गाभ्ने/गाभिने प्रक्रियाका क्रममा तयार पारिएको अन्तिम सम्झौता स्वीकृत भएको छ ।

सोही बैठकले अन्तिम सम्झौता स्वीकृत गरि हस्ताक्षर गरिएको दुवै बैंकले जनाएको छ । यी दुवै बैंकले गत जेठ २७ गते एक आपसमा मर्जरमा जान सहमति गरेका थिए ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको स्वाप रेसियो १००ः९० हुने सहमति भएको हो । यो भनेको नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ ।

यी दुवै बैंकलाई मर्जरमा जानका गत असार २२ गते लागि राष्ट्र बैंकले सैद्धान्तिक सहमति पनि प्रदान गरेको छ । यी दुवै बैंकको एकीकृत कारोबार भने आगामी पुस मसान्तसम्म हुने बताइएको छ ।

मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने छ भने बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड ५९ लाख ५६ हजार रुपैयाँ पुग्नेछ । अहिले एनआईबिएलको चुक्ता पूँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ र मेगा बैंकको चुक्ता पूँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्